विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
अहिलेको सरकारले प्रदेशमा देखिएको समस्याको समाधान दिनुका साट्टो झनझन समस्या थप्दै गएकाले समर्थन फिर्ता गरिएको जसपाका नेता रकम चेमजोङले जानकारी दिए ।
जसपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । पार्टीको यो यो निर्णयसंगै जसपाबाट स्वास्थ्यमन्त्री रहेकी निर्मला लिम्बू सरकारबाट फिर्ता भएकी छिन् ।
प्रतिक्रिया