३ चैत्र २०८०, शनिबार । March 16, 2024

Breaking

चालु आबको खर्च १५ खर्ब चार अर्ब ९९ करोड



काठमाडौं । चालु आर्थिब बर्षको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०/०८१ को बजेट प्रस्तुत गर्दै यस्तो अनुमान सार्वजनिक गर्नु भएको हो ।

यसमध्ये १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अर्थात् ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् ८८ प्रतिशत खर्च हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार ००:००