२ चैत्र २०८०, शुक्रबार । March 16, 2024

Breaking

पहिचान पक्षधर ३० बढी आन्दोलनकारी पक्राउ



विराटनगर । कोशी नामाङ्कन खारेज गरि पुन: नामाकरणको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर ३० बढी आन्दोलनकारी बिराटनगरबाट पक्राउ परेको छ ।

प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ हो ।

प्रदेश सभा सचिवालय नजिकै र अस्पताल चोक पक्राउ मोरङ प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रीय नेता थाङसाङ लाओती, दिपा लिम्बू लगायत पक्राउ परेको प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार ००:००