१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

पहिचान पक्षधर विराटनगर केन्द्रित आन्दोलन गर्दै



विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा हरेका पहिचान पक्षधरले विराटनगर केन्द्रीत आन्दोलन घोषणा गरेको छ । पहिचानको आधारमा प्रदेशको पुनः नामाकरणको माग गर्दै आएको संघर्ष समितिले विज्ञप्ती जारी गरि आन्दोलनको घोषणा गरेको हो ।

विज्ञप्तीमा जेठ १४ देखि प्रदेशसभा सचिवालय क्षेत्रमा केन्द्रित रहेर आन्दोलन गर्ने उल्लेख छ । गत १७ फागुनमा प्रदेशसभा बैठकले १ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलित भएका छन् ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार ००:००