११ चैत्र २०८०, आइतबार । March 24, 2024

Breaking

तीन शिर्ष नेताहरुबीच भेटवार्ता



काठमाडौं । ३ दलका शीर्ष नेताहरूको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको र त्यससँग जोडिएको विधेयक, संसदीय सुनुवाइ समितिको गठन र नयाँ बजेटलगायतका विषयमा छलफल भएको आचार्यले बताए । उनका अनुसार संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पनि कुरा भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा उनीहरूबीच कुराकानी भए नभएको खुलेको छैन ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार ००:००