१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

जन्म दिनको अबसरमा चम्सुरीले ल्याईन नयाँ गीत तिमी जाने भट्टितिर



काठमाडौं २३ बैशाख । हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल ९चम्सुरी०ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् ।

आफ्नो जन्म दिनको अबसर पारेर बुद्ध पूर्णिमाको अबसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्म दिनको केक काट्दै काठमाडौंमा एक समारोहबीच बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, मुलरीधर, किरण केसीसहित दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे ९माग्ने बुढा०लगायतले उनको यो गीतको बिमोचन गरेका छन् ।
बिमोचन पछि कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अबस्थामा देख्दा नयाँ काम गर्न आफुलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए । समारोहमा सबैले पल्पसालाई जन्मदिनको शुभकामना दिँदै नयाँ जीवन पाएकोमा अझ धेरै प्रगति देख्न पाइयोस भने ।

रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमुलक गीत ल्याएको यी कलाकारले बताएकी छिन् । आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छकी भन्ने चाहनाले यो गीत जन्मेको पल्साले बताईन्,‘भाईले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरैं काम गर्नुछ । त्यसैले जन्मदिनको अबसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले बिमोचन समारोहमा भनिन् ।

उनले यो आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् ।

प्रकाशित : २४ बैशाख २०८०, आइतबार ००:००