६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

Breaking

गुल्मीमा जिप दुर्घटना, सहचालकको मृत्यु



गुल्मी । जिल्लाको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जिपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।

दुर्घटनामा परी जिप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ ।

जिप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए । दुर्घटना हुँदा जिप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ ।

‘ब्रेकफेल’ भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार ००:००