६ चैत्र २०८०, मंगलबार । March 19, 2024

Breaking

श्रीमानको हत्या



दाङ । दाङमा घरायसी विवाद हुँदा श्रीमतीले बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको खुलेको छ । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताए ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार ००:००