६ चैत्र २०८०, मंगलबार । March 19, 2024

Breaking

नेपालमा उत्पादिन सवारी दर्ताको लागि बाटो खुल्यो



काठमाडौं । नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको लागू हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो ।

यो व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनस् दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने जनाएको हो ।

त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ।

यसअघिको व्यवस्था अनुसार नेपालमा पहिलो पटक विद्युतीय मोटरसाइकलको व्यवसायीक उत्पादन गरिरहेको यात्री मोटरसाइकल दर्ता हुन सकिरहेको थिएन । विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गर्दै नयाँ निर्देशिका जारी गरेसँगै नेपाल उत्पादिन सवारीको दर्ताको बाटो खुलेको हो ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार ००:००