३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

Breaking

मन्त्री, सेना प्रमूख र सचिवहरु लिएर प्रधानमन्त्रीले फास्ट ट्रयाक अनुगमन गरे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं तराई मधेश जोड्ने दु्रतमार्ग (फास्ट ट्र्याक) को अनुगमन गरेका छन् ।

मंगलबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा लगायत विभिन्न मन्त्रालयका सचिव सहित अनुगमन गरेका हुन ।

प्रचण्ड नेतृत्वकै सरकारले द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा नेपाली सेनालाई दिएको थियो । अहिले यस परियोजनाको २२.४४ भौतिक प्रगति गहेको छ । फास्ट ट्रयाक निर्माणको गति धिमा भएकाले यसलाई गतिदिन प्रधानमन्त्रीले अनुगमन गरेको उनको सचिवालयले उल्लेख गरेको छ ।


११ मध्ये ४ खण्डको ठेक्का लाग्न नै बाँकी छ । चालु आर्थिक बर्षको अन्तसम्म ठेक्का व्यवस्थापन हुने नेपाली सेनाले दावी गरेका छन् ।

 

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार ००:००