९ बैशाख २०८१, आइतबार । April 22, 2024

Breaking

‘सेलिब्रेटी हब’ बन्दै बज्र फिटनेश



काठमाडौं । अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले एक समय आफूलाई फिट राख्न के मात्र गरिनन्, यो कुरा रेखालाई सोधिरहनै पदैन किनकि उनले आफूलाई फिट राख्न पर्सनल ट्रेनरसमेत राखिन् ।

कोरोना महामारीपछि जिम सेन्टर धाउनेहरु ह्वात्तै बढे । त्यतिखेरै अभिनेत्री रेखाले पर्सनल फिटनेस ट्रेनर बिजु पार्कीलाई बनाएकी थिइन् । जो रेखा बस्दै आएको मित्रपार्कस्थित अपार्टमेन्टमा रहेको जिमहलका फिटनेश ट्रेनर हुन् । त्यतिखेर रेखाले भनेकी थिइन्, ‘हिजोआज दैनिक डेढ, दुई घण्टा जिम गर्छु ।’

उनै अभिनेत्री अर्थात राप्रपा नेतृ रेखा थापा हिजोआज बज्र फिटनेशमा भेटिन्छिन् । रेखामात्र होइन, नेपाली फिल्म क्षेत्रका अधिकांश सेलिब्रेटी उक्त फिटनेश सेन्टरमा भेटिन थालेका छन् ।

अभिनेत्री पुजा शर्मा, मोडल तथा अभिनेत्री सुस्मा अधिकारी, अभिनेता सविन श्रेष्ठलगायत दर्जनौँ कलाकार बज्र फिटनेश धाउँछन् । कारण, उनीहरु आफूलाई फिट राख्न चाहन्छन् । सेलिब्रेटीका लागि आफूलाई फिट राख्न सक्नु पनि एउटा सफलता हो । अबका दिनमा अभिनेत्री तथा मोडल पल शाहलाई पनि बज्रमै भेटिनेछन् किनकि पलले बज्र फिटनेशमा आउने निधो गरिसकेका छन् ।

नेतादेखि अभिनेतासम्मका लागि मात्र नभएर आफूलाई स्वस्थ र फिट राख्न चाहनेका लागि बज्र फिटनेश सेन्टर लोकप्रिय बन्दै गएको छ । लोकप्रिय र सबैको रोजाई बन्न सफल हुनुका कारण थुपै छन् ।

पहिलो कारण बज्र फिटनेश सेन्टर काठमाडौंको मुटु मानिने कलमपोखरीस्थित सिटी सेन्टरको पाँचौं तलामा छ । त्यसैले यो सबैको सेन्टरमा पर्छ । अर्को कारण, पार्किङ पनि हो । सिटी सेन्टरमा पार्किङको अभाव छैन ।

बज्र फिटेनेशलाई ‘सेलिब्रेटी हब’समेत भन्न थालिएको छ । उक्त फिटनेश सेन्टरका सञ्चालक हुन्, रोजल शाही । उनी आफैंपनि चर्चित मोडल हुन् । रोजलले फिटनेश सञ्चालनमा ल्याउन मोडलिङ पनि कनेक्शन छ ।

रोजल भन्छन्, ‘मोडलिङ र फिटनेश एकअर्कामा सम्बन्धीत भएरै बज्र फिटनेश सञ्चालनमा ल्याएको हुँ किनकि म आफैं पनि जिम गर्छु ।’ स्वस्थ्य फिट हुुनुका लागि फिटनेश गर्नु जरुरी रहेको उनको भनाइ छ ।

 

‘यदि ज्यानलाई स्वस्थ राख्न चाहने हो भने फिटनेश गर्नैपर्छ’ रोजल भन्छन्, ‘त्यसका लागि सेलिब्रेटी हुनैपर्दैन । सबै फिट र स्वस्थ हुनुपर्छ ।’

त्यस्तै, यो फिटनेश पाँचतारे होटलको लक्जरी बुटिक फिटनेशभन्दा कम छैन । खुला स्थान र फिटनेशका लागि आवश्यक पर्ने सबै सामग्री बज्र फिटनेशमा उपलब्ध छ । बज्र फिटनेश ५ हजार स्क्वेर फिटमा सञ्चालन गरिएको हो ।

रोजल भन्छन्, ‘हाम्रो ट्रेनर राम्रा छन् । म आफैं पनि ट्रेनिङ दिन्छु ।’ राम्रो ट्रेनर भएमा फिटनेश गर्नेहरुलाई सहज हुने उनको भनाइ छ ।

नयाँ वर्ष अफर
बज्र फिटनेशले नेपाली नयाँ वर्ष २०८० को अवसरमा सदस्य बन्न चाहनेहरुका लागि अफर ल्याएको छ । सञ्चालक रोजलका अनुसार बज्र फिटनेशले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा सदस्य बनाउँदै आएको छ ।

 

यसैअनुरुप नयाँ वर्षको अवसरमा ५० प्रतिशतसम्म छुट दिने रोजलले बताए । उनले भने, ‘अफर बैशाख महिनाभरीका लागि हो । उक्त अवधिमा सदस्यता लिने जोकोहीलाई ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छौँ ।’ बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने बज्र फिटनेशमा हाल दुई सयभन्दा बढी नियमित सदस्य रहेका छन् ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार ००:००