८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

दोल्ती पावरको आईपिओ आजदेखि बिक्री खुला



काठमाडौं। दोल्ती पावर कम्पनी लिमिटेडले आज चैत्र २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ७१ हजार ८ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले बैशाख ३ गतेसम्म आवेदन दिनसक्ने छन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको जनाएको छ । सामुहिक लगानी कोष योजनाको लागि भने ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । शेयर निष्काशनकोलागी एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७६ पुस ८ गतेदेखि विजुली उत्पादन गरिरहेको छ ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार ००:००