१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

सूनको मुल्यमा नयाँ रेकर्ड, कति छ आजको भाउ ?



काठमाडौं । नेपाली बजारमा पहेलो धातु(सुन)को मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । आज एकै दिन नेपाली बजारमा सुनको मूल्य दुई हजारले बढ्दै नयाँ रेकर्ड बनाएको हो । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य विवरण अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको जनाएको छ ।
यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार ००:००