१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट, ३ बजे मन्त्रीपरिषद् विस्तार हुने



काठमाडौं । आज विहान राष्ट्रपनि रामचन्द्र पौड्याल र प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार ००:००