१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

business

सुनको भाउ बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार तोलाको १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार ००:००