४ बैशाख २०८१, मंगलबार । April 17, 2024

business

नेकपा एसको आकस्मिक बैठक, आजै एक मन्त्रीको नाम टुंग्याउने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आकस्मिक रुपमा बसेको छ ।

आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको सचिवालय बैठक बसेको हो ।

गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो अडान नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सानो मन्त्रिमण्डल बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय दाबी गरिरहेको र अहिले १ जनालाई मात्रै मन्त्री बनाउने भन्दै प्रधानमन्त्रीले नाम मागेपछि आकस्मिक बैठक बसेको हो ।

बैठकमा सरकारमा सहभागि हुने एक नेताको नाम आजै टुंग्याउने तयारी भएको एसका नेता एवं सांसद भानुभक्त जोशीले लोकपथलाई जानकारी दिए ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार ००:००