४ चैत्र २०८०, आइतबार । March 17, 2024

Breaking

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त



काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनी सहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए ।

सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

 

 

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार ००:००