८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बजारमा प्रतितोला चार सयले बढेर एक लाख सात हजारमा कारोबार सुरु भएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार ००:००