५ चैत्र २०८०, सोमबार । March 18, 2024

Breaking

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित



काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पछि पार्दै मुलुकको सर्वोच्च पदमा निर्वाचित भएका हुन ।

पौडेलले नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, रास्वपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाले साथ दिएका थिए ।

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । जसको मतभार ३३ हजार ८०२ रहेको छ ।

सुवासचन्द्र नेम्वाङले जम्मा ९८ संघीय र १६२ प्रदेश सांसदको मत पाए । जसको मतभार १५ हजार ५१८ हुन्छ ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार ००:००