७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Breaking

राष्ट्रपति चयनका लागि मतदान जारी



काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । तेस्रा राष्ट्रपतिका लागि नयाँ बानेश्वर स्थित संसद भवनमा मतदान सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

 

राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले सुवासचन्द्र नेम्बाङ्गले मतदान गरिसकेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतले जनाएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार ००:००