८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

नायिका बर्षा राउतको नयाँ म्यूजिक भिडियो सार्वजनिक



काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको ुगाजलुु बोलको गीतको भिडियो रिलिज गरिएको छ । गाजलुुमा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ुगाजलुु आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।

यसअघि गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी,९तिमीलाई चाहेर मेल भर्सन, आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् । निर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद मर्हजनले गरेका हुन् ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार ००:००