१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

राष्ट्रिय वाणिज्य बैंकको अर्ध बार्षिक समीक्षा सम्पनन



धूलिखेल । राष्ट्रिय वाणिज्य बैंक लि.को आ.ब. २०७९/०८० अर्ध वार्षिक प्रगति विवरणको दूई दिवशिय समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

धुलिखेल स्थित हिमालय दृश्य रिसार्टमा सम्पन्न भएको उक्त गोष्ठीको उद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत श्री सरस्वती अधिकारीले गोष्ठीको उद्येश्य एवम् स्वागत मन्तव्य राख्नूभएको थियो भने बैंकका प्रमूख कार्यकारी अधिकृत श्री किरण कूमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको समूद्घाटन गर्नूभएको थियो । ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमूख श्री आनन्द सूवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गर्नूभएको थियो ।

बैंकका सातव६ै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, २३ वटा विभागका विभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवम नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा उद्घाटन मन्तव्य ब्यक्त गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृतले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनितिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कूरा बताउनूभएको थियो ।

बैंकको मूख्य जिम्मेवारीमा रहनूभएका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको लागि बिशेष निर्देशन दिनूभयो ।

सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकरण गर्नूभएको थियो, उक्त प्रस्तूतिकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले जि१ासा एवम् सूझावहरु राख्नू भएको थियो ।

गोष्७ीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले अव हामीहरुले खेल्नू पर्ने भूमिकाको बारेमा मन्तव्य राख्नू भएको थियो भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नूभएको थियो ।

 

प्रकाशित : १७ माघ २०७९, मंगलबार ००:००