१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

पेशावर विष्फोटमा ज्यान गुमाउने ५९ पुग्यो



काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । १५७ भन्दा बढी घाइते भएका छन् ।

सोमबार दिउँसो मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी आत्मघाती विष्फोट गराएका थिए । उच्च सुरक्षा क्षेत्रमा विष्फोट भएको हो । यो क्षेत्रमा पाकिस्तानको प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरो रहेका छन् ।

घटनाको विरोधमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सबै मुख्य नेताहरुले निन्दा गरेका छन् ।

प्रकाशित : १७ माघ २०७९, मंगलबार ००:००