१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्ने



क्वालालम्पुर । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले नेपाल भ्रमण गर्ने भएका छन् । आइतबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले निकट भविष्यमा हुने मलेसियाली गृहमन्त्रीको भ्रमणका बारेमा भेटवार्ता गरेका छन् ।

राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका छन् ।

सो भेटमा नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे बिमर्स भएको थियो । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो ।

दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्ने बारेमा समेत छलफल भएको थियो ।

प्रकाशित : १६ माघ २०७९, सोमबार ००:००