१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

अमेरिकाको ल्होछार कार्यक्रममा महादेवले हँसाए, मिलनले नचाए



काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हसाएका छन् । ल्होछारको अवसर पारेर तामाङ समाज अमेरिकाको बिनिता तामाङद्धारा अष्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होछार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उनले कमेडीका बिभिन्न प्रस्तुति मार्फत दर्शक रिझाएका हुन् । उनका हरेक कमेडीमा दर्शक पेट मिचिमिची हास्न बाध्य भएका थिए ।
नेपाली जादुगरको रुपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा हास्य ब्याङ्ग्याका अलवा जादु, डान्स र लेडिज गेम समेत प्रस्तुत गरे ।
कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले पोखरा फेवाताल, देउडा लगायत आधा दर्जन चर्चित गीत राखे । गायक लामाको प्रत्येक गीतमा दर्शक झुमेर नाच्दै वान्स मोरको हुटिङ समेत गरेका थिए ।
यस्के स्याङ्त्याङ र महिन्द्र खतिवाडाको अलवा अमेरिका निवासी केही गायक गायिकाको समेत सांगीतिक प्रस्तुतिको अलवा तामाङ सेलोमा आकर्षक नृत्यहरु समेत कार्यक्रममा रहेको थियो । कार्यक्रममा बसन्ती राईको पनि सहभागीता रहेको थियो ।
अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उदेश्यले कार्यक्रम गरिएको आयोजक तामाङ समाज अमेरिकाको अध्यक्ष बिनिता तामाङले बताइन् । बिनिताले यस अगाडी पनि नेपाल चाडपर्वको अवसर पारेर अमेरिकामा बिभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकी छन् ।
कलाकार महादेव त्रिपाठी करिब दुई दर्जन कार्यक्रमको उदेश्य सहित केही महिना अगाडि अमेरिका पुगेका थिए । अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम उनले गरिसकेका छन् । अझै अमेरिकाको बिभिन्न शहरमा आफ्नो कार्यक्रम रहेको त्रिपाठीले बताए ।
त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उनको अमेरिका कार्यक्रमको उदेश्य रहेको छ । कलाकार त्रिपाठी अमेरिकाको बिभिन्न ठाउँमा सम्मानित समेत भएका छन् ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार ००:००