२६ बैशाख २०८१, बुधबार । May 8, 2024

Breaking

गायक संजीव पुडासैनीले ल्याए ‘गुन्द्रुकको झोलमा’



काठमाडौँ । गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत गुन्द्रुकको झोलमाको भिडियो सार्वजनिक गरिएको छ ।

लोक समावेशीको शब्द, संगीत रहेको गीत गुन्द्रुकको झोलमा संजिव र चिज गुरुगं फिचर छन् ।

प्रेमीकालाई नगरकोट घुम्न जान अफर गरिएको रमाइलो गीतले सासु, ससुराले लगाउने पोषकदेखि अहिलेको चलनको बारेमा समेत बोलेको छ ।

शैलेन्द्र बाबु प्रधानको एरेन्ज रहेको गीतको छायांकन रोहन शेर्पाले गरेका हुन् भने भिडियोको सम्पादन गायक स्वयमले गरेका हुन् । गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रकाशित : ११ माघ २०७९, बुधबार ००:००