२५ बैशाख २०८१, मंगलबार । May 8, 2024

Breaking

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त



काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट मार्फत सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सबै पक्षसंग अपिल समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मृतकका आफन्तहरुप्रति गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

रूपन्देहीदेखि पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको बस बुधबार राती रैनादेवी छहरा गाउँपालिका ८ मा दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस दर्घटना ६ जनाले ज्यान गुमाए भने १६ जना घाईते भएका छन् ।

राती करिब साडे ९ जबे बस दर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : २२ पुस २०७९, शुक्रबार ००:००