एजेन्सी । विश्व फुटबलका महान खेलाडी पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ समर्थक साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् ।
अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको रंगशाला पुर्याइएको थियो।
पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए। पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि जिताएको थियो ।
गत बिहीबार ८२ वर्षको उमेरमा उनको निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली दिन निक्कै लामो लाइन लागेको छ ।
पेलेलाई श्रद्धाञ्जलि दिन पुगेका फिफा अध्यक्ष जियानी इन्फान्टिनो पुगेका छन् । उनले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना सदस्य राष्ट्रलाई आग्रहसमेत गरेका छन्।
hjh
#ADEUSAOREI
![]()
AS HOMENAGENS A PELÉ NÃO PARAM! Milhares de torcedores e admiradores do Santos prestam uma última homenagem ao Rei do Futebol. O público forma na fila ao redor da Vila Belmiro, com faixas e bandeiras, aguardando o momento para entrar. pic.twitter.com/ULeQalPAMM
— Prefeitura de Santos (@santos_agora) January 2, 2023
प्रतिक्रिया