१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

चीनमा एकसाथ २०० गाडी ठोकिए



एजेन्सी । बुधबार बिहान चीनको हेनान प्रान्तको चेङचोउमा करिब दुई सय गाडी एक आपसमा ठोकिएको छ । चेङचोउस्थित एलो रिभर माथि भएको दुर्घटनामा एकको मृत्यु भएको चाइना डेलीले उल्लेख गरेको छ ।

बाक्लो हुस्सुका कारण भिजिविलीटी कम भएकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । दुबै तर्फी लेनमा सवारीसाधन आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
गाडी भित्र फसेको दर्जनौको उद्धार गरिएको छ । दुर्घनामा पर्ने धेरै जसो साना कारहरू थिए र कुनै पनि खतरनाक रसायन नबोकेकाले थप क्षति नभएको उल्लेख गरिएको छ ।

 

प्रकाशित : १४ पुस २०७९, बिहिबार ००:००