१ बैशाख २०८१, शनिबार । April 13, 2024

Breaking

सरकार गठन गर्न प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरे



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

नेकपा एमाले सहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म बहुमत जुटाएर सरकार गठनका लागि दाबी पेश गर्न ्ह्वान गरेकी थिइन् । प्रधानमन्त्रीका लाग समर्थन गर्ने दलका नेताहरु सहित राष्ट्रपति निवास पुगेर प्रचण्डले दावी पेस गरेका हुन ।

गठबन्धन बनाएरै चुनाव लडेका कांग्रेस माओवादीमा को पहिलो पालोमा प्रधानमन्त्री बन्ने लगायत भागबन्डा नमिलेपछि नयाँ गठबन्धन निर्माण भएको हो ।

प्रकाशित : १० पुस २०७९, आइतबार ००:००