१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

तेस्रो पटक फिफा विश्वकप उपाधि चुम्ने होडमा फ्रान्स र अर्जेन्टिना



काठमाडौं । बुधबार सेमिफाईनलमा मोरक्कोलाई २- ० ले पराजित गरेसंगै फ्रान्सले फाईनलमा अर्जेन्टिनासंगको भेट पक्का गरेको छ । क्रोएसिया र मोरक्को बाहिरिएपछि कतारमा जारी फिफा विश्वकप २२ औं संस्करण पुरानै विजेताको पोल्टामा पर्ने भएको छ ।

साविक विजेता फ्रान्स र अर्जेन्टिनाले यस अघि विश्वकपको उपाधी समान दुई दुई पटक जितेको छ । यस पटक जसले जिते पनि सार्वाधिक तेस्रो पटक उपाधि चुम्ने रेकर्ड बनाउने छन् ।

पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले पराजित गर्दै फाईनल पुगेको अर्जेन्टिना र दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउदै फ्रान्स हराउदै लगातार दोस्रो पटक उपाधी नजिक पुगेको फ्रान्स बीच उपाधिका लागि आइतबार भिडन्त हुनेछ ।

पहिलो पटक सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को र लगातार दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया बीच तेस्रो स्थानको शनिबार लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार ००:००