१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा



काठमाण्डौ । आइतबार बिहानको अन्तिम क्वाटरफाइनल खेल सकिएसंगै कतारमा जारी फिफा विश्व कप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ।
कतार विश्वकपको अन्तिम चारमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को पुगेका छन्।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ ।
मंगलबार राति पौने १ बजे अर्जेन्टिना र क्रोएसियाबीचको खेल हुनेछ। यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ।
विश्वकप २०२२ फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।

फान्स र मोरक्को सेमिफाइनलमा प्रवेश

 कतारमा जारी फिफा विश्वकप २२ को सेमिफाइलमा फान्स र मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप इतिहास मोरक्को अफ्रिकन महादेशबाट पहिलाले पटक सेमिफाइनलमा पुग्ने देश बनेर इतिहास रचेको छ ।

कतारको अल थुमामा रंगशालामा शनिबार भएको क्वार्टरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा आफ्नो स्थान बनाएको हो।

यो हारसंगै फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको विश्वकप उचाल्ने यो पटकको सपना अधुरै रहेको छ । यद्यपी रोनाल्डोले व्यक्तिगत रुपमा भने उपलब्धी हासिल गरेको छ ।
खेलको पहिलो हाफमा बेञ्चमा बसेको रोनाल्डो मैदानमा उत्रिएसंगै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी भएको छ कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका छन् ।

त्यस्तै शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा २-१ गोलको जीत निकाल्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्डलाई घर फर्किएको छ ।

काठमाडौं । क्रोएसिया र अर्जेन्टिना कतारमा जारी फुटबल विश्वकप २०२२ को सेमिफाइनलनमा प्रवेश गरेको छ । दुवै टिम पेनाल्टी सुट आउटबाट विपक्षीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । उपाधि दाबेदारका रुपमा हेरिएको ब्राजिल यो हारसंगै क्वाटरफाइनलबाटै बाहिरिएको छ । ब्राजिल विश्वकपको सर्वाधिक ५ पटकको विजेता हो ।


त्यस्तै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल २-२ को बराबरीमा  सकिएपछि पेनाल्टी शूटआउटमा पुगेको थियो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार ००:००