४ बैशाख २०८१, मंगलबार । April 17, 2024

Breaking

बिना अनुमति ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने



काठमाडौं । अनुमति नलिई ड्रोन० उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । अनुमति नलिई केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित ड्रोन उडाएको सुचना प्राप्त भएको भन्द्र गृह मन्त्रालयले विज्ञप्ति जारी गरि कारवाही गर्ने जनाएको हो ।

‘कार्यविधि विपरित ड्रोन उडाएमा कानून बमोजिम कारवाही गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।,’ गृह ्विज्ञप्तीमा उल्ल्ेख गरेको छ ।

ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौलसम्मको सम्बन्धित जिल्ला प्रशासन कार्यालय र दुई केजी तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार ००:००