१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

अन्तर्राष्ट्रिय युवा दिवश : नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै



काठमाण्डौ । युवाका सवालहरुलाई सरकार र सरोकारवालाहरुलाई जागरुग गराउँन हरेक बर्ष अगष्ट १२ का दिन विश्वभरी अन्तर्राष्ट्रिय युवा दिवश मनाउने गरिएको छ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवश मनाइदैछ ।
केन्द्रियस्तरमा युवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा युवा परिषदका उपाध्यक्ष, युवा सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा नियाय, विभिन्न मन्त्रालयका अधिकारीहरु रहने गरि अन्तर्राष्ट्रिय युवा दिवस मूल आयोजक समिति गठन भएको छ । यस समितिको आयोजनामा विहान ७ः३० बजे भृकुटी मडण्वमाबाट प्रभातफेरीको आयोजना हुदैछ । प्रभातफेरिपछि हुने समारोहमा समाननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

१९९९ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय युवा दिवसको यस बर्षको नारा अन्तर पुस्ता एैक्यबद्धता ः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता रहेको छ ।

०६८ को जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ । त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत रहेको छ भने १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत रहेको छ ।

 

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार ००:००