५ बैशाख २०८१, बुधबार । April 17, 2024

Breaking

प्रहिलो मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने



काठमाडौँ । ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगीता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगीताका लागि जुनै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् ।

प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगीतको पहिलो अडिसन यहि साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी बिभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

मौलिक संस्कृति, जातिय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मुल्य , मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कलल्चर’ को अवधारणा ल्याइको आयोजक युहानका निर्देशक सानु खानले बताए । ‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजएको हो’ खानले थपे ।
प्रतियोगीताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा बिभिन्न अवसर समेत प्राप्त गर्नेछन् ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार ००:००