५ बैशाख २०८१, बुधबार । April 17, 2024

Breaking

कम्युनिष्टहरू एक हुनैपर्छ : प्रचण्ड



ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्यूनिष्ट पार्टीहरु एक हुनु पर्ने बताउनु भएको छ ।

ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ । विकल्प फाउण्डेशनले आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरूएक हुनाको विकल्प नरहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ”नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिष्ट एकता गराएकै हो । अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ”

प्रचण्डले प्रविधिलाई उत्पादन, शिक्षा, पर्यटन, स्वास्थ्य जस्ता सामाजिक जीवनको सबै क्षेत्रमा व्यापक प्रयोगबाट समृद्धी ल्याउन सकिने बताउनु भयो ।

 

https://fb.watch/efvxmqTic4/

प्रकाशित : ३० असार २०७९, बिहिबार ००:००