१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Breaking

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको बाह्र लाख सहयोग



काठमाण्डौ । गैरआवासीय नेपाली संघले आज सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार पाँचसय असी रुपैयाँ सहयोग गरेको छ ।

सहयोगका चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा( महावीर पुनलाई हस्तान्तण गर्नुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनु भएको थियो ।

यसरी नै डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनु भयो । राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिनुभयो । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताउनु भयो ।

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताज्यूहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताउनु भयो ।

प्रकाशित : ८ असार २०७९, बुधबार ००:००