३ बैशाख २०८१, सोमबार । April 15, 2024

Breaking

हरित अर्थतन्त्रको विकासका लागि सांसदहरुको भूमिका महत्वपूर्ण : अध्यक्ष तिमिल्सिना



काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हरित अर्थतन्त्रको विकासका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

इण्डोनेसियाको बालीमा जारी अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को ११४औँ सम्मेलनमा नेपालका तर्फबाट शून्य उत्सर्जन प्राप्त गर्न जलवायु परिवर्तनसम्बन्धी कार्यमा संसद्को परिचालन विषयमा बोल्दै उहाँले हरित अर्थतन्त्रको नीति र कानूनले अनुकूल अर्थतन्त्र निर्माणका लागि विशेष भूमिका निर्वाह गर्ने भएकाले सांसदहरु, निजी क्षेत्र, विकास साझेदार र नागरिक संस्थाले जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तन, जलजन्य र भौगर्भिक विपद्का दृष्टिले अति संवेदनशील मुलुकमध्ये नेपाल पनि रहेको जनाउँदै उहाँले वनजङ्गलको संरक्षणमा नेपालले आफूलाई अग्रणी बनाएको बताउनुभयो ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार ००:००