८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

एमालेको पोलिटब्युरो बैठक बस्दै



काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । यही चैत ९ र १० गते काठमाडौँमा केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दै छ ।

 

प्रकाशित : ७ चैत्र २०७८, सोमबार ००:००