३० फाल्गुन २०८०, बुधबार । March 13, 2024

Breaking

बेलायतबाट सुन्दरी सृजनाले ल्याइन् ‘फूलहरु मगमग’को भिडियो



काठमाडौँ ।  कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय रहेको  फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायिका  मेलिना राईको स्वर रहेको गीतको भिडियो बेलायतका  रमणीय स्थानहरुमा छायांकन गरिएको हो । रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।

फूलहरु मगमगको भिडियो बजारमा आएसँगै उनलाई शुभकामना दिने र हौस्याउनुहरु बढेको बताउँछिन् सृजना । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।  कन्चन थलङ लिम्बुको  शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा  निर्देशक श्रेष्ठकै छायांकन र  सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार ००:००