१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मनोरञ्जन

गायिका  रजनी लामाको स्वरमा ‘नखोज है भाउ‘ सार्वजनिक



काठमाण्डौं । गायक राजु बिरही सापकोटा र गायिका  रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ‘को भिडियो मिलन फिल्मसको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ । मकवानपुरे ठिटो र धादिङे नानिको मायाको परिबेशलाई गीतको भिडियोमा समेटिएको छ ।
केटा र केटीको मन परापर भएसी भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ  भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।  बबि लामा र रजनी लामाको सयुक्त प्रस्तुती रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले  गरेका छन । सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन भिडियोमा रहेको छ  । ‘नखोज है भाउ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ  र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।

प्रकाशित : २१ पुस २०७८, बुधबार ००:००