७ श्रावण २०८१, सोमबार । July 22, 2024

Breaking

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ दल दर्ता



 

काठमाडौं, पुस ११ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि १० गतेसम्म दल दर्ताका लागि दिईएको समयावधि १२ राजनीतिक दल दर्ता भएका हुन ।
दर्ता भएका मध्ये नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन्। भने लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिनेछन् ।

प्रकाशित : ११ पुस २०७८, आइतबार ००:००