११ चैत्र २०८०, आइतबार । March 24, 2024

Breaking

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष राजकुमार विष्ट र महासचिवमा टोमा लामा निर्वाचित



 

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट र महासचिवमा टोमा लामा निर्वाचित भएका छन् । १९ डिसेम्बर २०२१ मा भएको निर्वाचनमा निकटतम प्रतियासि लोक चेमजोङलाई पछि पार्दै विष्ट अध्यक्ष भएका हुन । कूल मत ७६ मध्ये ४० मत प्राप्त गरी राजकुमार विष्ट प्राप्ट गरे भने चेमजोङले ३५ मत पाए १ मत बदर भयो ।
अध्यक्ष बाहेक अरुसबै पदमा सहमती भएको थियो । निर्विरोध निर्वाचित हुनहरुमा बरिष्ठ उपाध्यक्ष मिङमार शेर्पा, महिला उपाध्यक्ष छोन्जोम लामा, उपाध्यक्ष क्षेत्रीय माया लामा, महाचिव टोमा लामा, सचिव सुभास राई, सचिव चम्पा कुमारी तामाङ, सदस्यमा क्रमशः मुक्ति नारायण राई, तुल बहादुर तामाङ, रुकु राना र प्रकाश कुमार सुनुवार हनुभएका छन् । त्यस्तै गरी सभामुखमा सुवर्ण शाक्य र उपसभामुखमा गोमा योञ्जन निर्वाचित हुनभएको छ ।

नव निर्वाचित अध्यक्ष राजकुमार विष्ट मुस्ताङ किदुग, अमेरिकाबाट प्रतिनिधित्व गर्छन । उनी सामाजिक, मानविय र मर्दा–पर्दा डटेर लाग्ने न्यूयोर्कका चिर परिचित, अनुभवी अगुवा समाजसेवी हुन। बिष्टले यस अघि फिप्नाको कोषाध्यक्ष, बरिष्ठ उपाध्यक्ष र संघीय परिषदको सभामुखको भुमिका जिम्मेवारीपुर्बक बहन गरिसकेका छन् ।
आगामी दिनमा जनजाती महासंघ (फिप्ना) लाई सबै जात–जाती, धर्म र समुदायमाझ पुर्याउने र संस्थालाई सहीमार्गमा डो¥याउन र सदस्य संस्थाहरुलाई महासंघप्रति उत्प्रेरित गर्ने बिशेष कार्ययोजना बोकेको छु, निर्वाचित भएपछि विष्टले प्रतिवद्दता जनाए ।
नव निर्वाचित महासचिव टोमा लामा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को इतिहासमा महासचिव पदमा निर्वाचित हुने पहिलो महिला हो । उनी यस अघि नेपालको विभिन्न केन्द्रीस्तरको संघ संस्थामा विभिन्न महत्वपूर्ण पदहरुमा कुशलतापूर्वक र सफलतापूर्वक जिम्मेवारी बहन गरिसकेका छन् । यसवाहेक अन्तराष्ट्रिय संघस्थाहरुमा काम गरेको अनुभवको साथै यस अघि फिप्नाको सचिव पदमा रही जिम्मेवारी वहन गरिसकेकी छिन् । टोमा सामाजिक काममा मात्र नभई चलचित्र निर्देशक, संचारकर्मी पनि हनुहन्छ । उहाँ युनाइटेट मुगुम अर्गानाइजेशन अमेरिका बाट प्रतिनिधित्व गर्छिन । टोमाले नेपालमा जस्तै अमेरिकामा पनि पत्रकारिता, चलचित्र र सामाजिक कामलाई निरन्तरता दिंदै आएकी छिन् ।

प्रकाशित : ७ पुस २०७८, बुधबार ००:००