११ जेष्ठ २०७९, बुधबार । May 25, 2022

Breaking

ख्रीष्टको जन्मोत्सव मनाईयो



काठमाडौं । ख्रीष्टियनहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । यशू ख्रीष्टको जन्म दिनको अवसरमा राष्ट्रिय गिर्जाघर (ट्रष्ट) को आयोजनामा भएको एक कार्यक्रममा सहभागिहरुले संविधानमा दिएको अधिकार आफुहरुमा लागु हुन नसकेको गुनासो गरेका हुन् ।

ललितपुरमा आयोजना भएको उक्त कार्यक्रममा अधिकाशं वक्ताहरुले ख्रीष्टको विषयलाई लिएर गलत प्रचार भइरहेको बताएका छन् । उनीहरुले यशू ख्रीष्टका विषयमा प्रचार गर्नसमेत नदिने वातावरण भएको बताएका छन् ।
देशमा धर्म निरपेक्षताको पूर्ण कार्यान्वयन हुँनु पर्ने उनीहरुको जोड थियो । आफुहरुले प्रचार गरीरहदा जबरजस्ती आर्थिक प्रलोभन देखाएर खूीष्टियन बनाएको आरोपसमेत लाग्ने गरेको गुनासो गरेका छन् ।

राष्ट्रिय गिर्जा घर(चर्च) महागुठ्ठीका अध्यक्ष प्रकाश सुब्बाले कार्यपत्र प्रस्तुत गर्दै देशभर रहेका १० हजार भन्दा बढी चर्च रहेपनि तिनिहरुको संरक्षण र सर्वद्धनमा सरकारले चासो नादिएको बताएका छन् । बरु उल्टै राज्यबाट विभिन्न खालको दमन हुने गरेको कार्यपत्रमा आरो लगाएका छन् ।
ख्रीष्टको जन्म उत्सवको अवसर पारेर पाँच जना समाज सेवीहरुलाई अभिनन्दन समेत गरीएको छ । जेष्ठ नागरिक धनमाया तामाङ, चन महर्जन, विभिन्न समयमा जेल परेर ख्रीष्टको प्रचारक रेशमराज पौडेल, रेक्यु नेटवर्क नेपालका अध्यक्ष जयकुमार थापा र मनोजकुमार श्रेष्ठलाई अभिननन्द गरीएको थियो ।

कार्यक्रम उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो । बाग्मती प्रदेशका सांसद जीवन खड्का, पाष्टर लगायतले समेत बोलेका थिए । कार्यक्रममा विभिन्न सन्देशमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार ००:००