१२ आश्विन २०७९, बुधबार । September 29, 2022

Breaking

अनाथालयलाई ‘चुरीफुरी’ को सहयोग



काठमाडौं,६ पुष । आउदो शुक्रबार अर्थात ९ पुषबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘चुरीफुरी’ ले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेको छ । निर्देशक ऋषिराज आचार्यले आफूहरु सोमबार म्हेपीमास्थित पिएम नेपाल नामक अनाथालय पुगी त्यहाँ आश्रीत बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका साथै एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिएका छन् ।
जिम्मेवार नागरिकको सामाजीक दायित्व अन्तर्गत आफूले दिल गोदारको साथमा ‘चुरीफुरी’ को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेको उनले बताए । सहयोग बितरण कार्यक्रममा निर्देशक आचार्यसहित ‘चुरीफुरी’ का कलाकार उपस्थिति थिए । शुक्रबारदेखि एकल प्रदर्शनमा उत्रने तयारीमा रहेको फिल्मले अहिले प्रचारप्रशारलाई तीव्रता दिएको छ । फिल्मको गीत तथा ट्रेलर दर्शकले मन पराइरहेकाले फिल्म पनि दर्शकको रोजाइमा पर्ने बिश्वास निर्माण पक्षको छ ।
आरबि मुभीजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रबिन्द्र झा,सुबोध गौतम, दीपक आचार्य,पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ,सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ,राजेन्द्र खाती,राजीवजंग बस्नेत,मनिल तामाङ,रश्मी भट्ट,ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । राहुल राईले खिचेको फिल्ममा दीपक शर्माको संगीत र भीमफेदी गाइजको कोरियोग्राफी छ । नविन निरौलाले सम्पादन गरेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती,शिब थापा र खेमराज भण्डारी छन् भने निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल (भण्डारी) छन् ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार ००:००