१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मनोरञ्जन

तुलसीपुरमा ‘भिटेन’ कन्सर्ट हुदै




तुलसीपुर । नयाँ वर्ष २०७८को अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।
कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ आउने भएका छन् । 


यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने छ ।
यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,चर्चित मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ । चैत २१ गतेको कार्यक्रमको लागी अग्रिम ई सेवा मार्फत अनलाइन टिकट काट्न सकिने आयोजक पक्षले जानकारी दिएको छ । टिकट दर भने प्रतिव्यक्ति रु ५०० रहने छ । दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको छेको पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्रजेज रहेको छ । 

प्रकाशित : ७ चैत्र २०७७, शनिबार ००:००