२९ फाल्गुन २०८०, मंगलबार । March 13, 2024

मुख्य खबर

प्रधानमन्त्रीद्धारा आरोही शेर्पालाई राष्ट्रिय झन्डा प्रदान गरेर विदाई



काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उहाँले सफलता पुर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । यसका साथै आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिनुभयो ।
सन् २००३ देखि हिमाल आरोहण सुरु गर्नु भएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसक्नु भएको छ ।
शेर्पाले यस अघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

प्रकाशित : ७ चैत्र २०७७, शनिबार ००:००