२ चैत्र २०८०, शुक्रबार । March 15, 2024

तस्बिर

वसन्त बहार – फूलैफूलको मौसम



काठमाण्डौ । काठमाण्डौका धेरै सडक गल्लिहरुमा अहिले फूल फूलेर ढकमक्क भएको छ । वसन्त ऋतुको आगमनसंगै चेरी लगायतका फूलहरुले सडकपेटी मनमोहक भएको छ । केहि बर्षयता काठमाण्डौका सडकहरु चिल्ला बनाइएको छ । मार्किङ गरिएको छ । त्यसमा फूल थपिदा साँच्चै सुन्दर देखिन्छ काठमाण्डौका सडकहरु ।
प्रकृतीप्रेमीहरु काठमाण्डौलाई कंक्रिटका जंगलका रुपमा परिभाषित गर्छन । प्रकृतीको आनन्द लिन वरिपरिको वनजंगल तिर हाइकिङ गएको देखिन्छ । अहिले काठमाण्डौको सडकपेटीमै फूलेका फूलहरुमाझ तस्विर लिईरहेका दृष्यले प्राकृतिक रस्वादनको थोरै भएपनि परिपूर्ति गरेको भान हुन्छ ।

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार ००:००