१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

दैलेखमा बस दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते



काठमाडौं २७ फागुन । दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएका छन् ।
एकजनाको घटना स्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको जितेन्द्रबहादुर शाही र कमल विक रहेका छन् ।

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार ००:००