१२ आश्विन २०७९, बुधबार । September 29, 2022

मनोरञ्जन

गायिका रचना रिमाल को आवाजमा ‘घरी घरी’ भिडियो सहित



काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा”घरी घरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेल को संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”घरी घरी ” गीतको भिडियोमा समिक्षा पोखरेल र कृष्ण काफलेको अभिनय रहेको  छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार ००:००